मंगलबार , अषोज २७, २०८३

सिड्नी । यही फेब्रुअरी २१ आईतवार प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाको कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायि समिती सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतीत्व प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सदस्य एवं न्यू साउथ वेल्स राज्य इन्चार्ज केशव जोशीले गरेका थिए । भेलाको बिशेष अथितिको प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जूम मार्फत भर्चुअल रुपमा गरेको सम्बोधनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदम सहि रहेको भन्दै प्रधानमन्त्रीको र पार्टीको उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली नै रहेको र देश तथा तथा विदेशमा रहेका नेपालीहरुले प्रधानमन्त्रीलाइ साथ दिनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको केन्द्रीय सचिवालय, सचिव, प्रवक्ता, इन्चार्ज थप गरिएका केन्द्रीय सदस्यहरु र न्यू साउथ वेल्स राज्य कमिटीको घोषणा पनि गरिएको थियो । सम्पूर्ण कमिटीका सदस्यहरुलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराएका थिए ।

उक्त अबसरमा बिल्दै अध्यक्ष पाण्डेले प्रधानमन्त्री केपी ओलिले चालेको कदम संबैधानिक रहेको र प्रधानमन्त्रिको सम्ब्रिद्द नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानमा प्रबासी नेपालीहरुको साथ् र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुहरु सधैं नेपालको बिकास र प्रगती देख्न चाहने हुँदा त्यो केपी ओलिबाट मात्र सम्भब रहेको धारणा राख्नेका थिए ।

भेलामा गैरआवासीय नेपाली संघ ओसियाना कोर्डिनेटर होम पाण्डे, गैर आवसीय नेपाली संघको अष्ट्रेलिया उपाध्यक्ष देव गुरुङ, प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका सल्लाहाकारहरु भवानी ओली र डा बिनोद श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तब्य प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका केन्द्रीय सदस्य अनिल खड्काले राखेका थिए ।

भेलामा घोषणा गरेअनुसार प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको सचिवको जिम्मेवारी केन्द्रीय सदस्य शिशिर नेपाल, प्रवक्तामा सन्तोष दाहालले पाएका छन् भने केन्द्रीय सदस्यहरु केशव जोशी, राम रानाभाट, राजु उपाध्याय र चिनबहादुर नेपालीले क्रमशः एसिटी/ एन एस डब्लु, भिक्टोरिया/टिएएस, एसए/डब्लुए र क्युएडडी को इन्चार्जको भूमिका पाएका छन् ।

त्यसैगरी प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ३३ सदस्यिय केन्द्रीय सचिवालय गठन गरेको छ जसअनुसार केन्द्रीय सचिवालय सदस्यहरुमा रमेश पाण्डे, मान्डब कार्की, राम रानाभाट, केशव जोशी, शिशिर नेपाल, सन्तोष दाहाल, दिपक पहारी, भुवन पाण्डे, राजु उपध्याय, बि एन मन्डल, प्रकाश पन्थी, रामप्रसाद घिमिरे, टि एन आर्यल, गोमा मैनाली, बालगाेपाल उपाध्याय, रमेश थापा, चिन नेपाली, उत्तम अधिकारी, हेम खनाल, दिनेश भट्टराई, तेजेन्द्र बिक्रम मल्ल, होमनाथ निरौला, सिता केसी थापा, अरुण श्रेष्ठ, कृष्ण गैरे, अशिम काेइराला र कृष्ण सापकोटा रहेका छन् । थप गरिएका केन्द्रिय सदस्यहरुमा उदेश राइ, चण्डिका ओली ओडरी, मदन गोर्खाली, गणेश मल्ल ठकुरी, सुशिल पोखरेल र दिनेश पाण्डे रहेका छन् ।

त्यस्तै भेलामा न्यू साउथ वेल्स राज्य कमिटी घोषणा गरिएको छ जसको संयोजकमा कृष्ण सापकोटा, उप-संयोजकमा सिताराम घिमिरे र सचिवमा शिव पौडेल रहेका छन् । यस्तै क्षेत्रीय संयोजकहरु रुपमा दिवाकर काफ्ले, कृष्ण गैरे, नरबिर नेम्वाङ, कृष्ण निरौला, दिपक पहारी, विशाल रानामगर, अर्जुन पौडेल, प्रशान्त भण्डारी, प्रेम दाहाल रहेका छन् भने एन एस डब्लु राज्य सदस्यहरुमा सुरेन्द्र न्यौपाने, किशोर लामा, सफल पोखरेल, नबिन खनाल, अर्जुन धिताल, दीपक अधिकारी, प्रकाश पौडेल, नबिन प्रसाइ, विशालजीत अधिकारी, बिकास उप्रेती, अन्जन सोनी सुनार, सन्तोष तिवारी, मोहन भण्डारी, अशिश बराल, हरी भट्टराई, अशोक उप्रेती, सुमन ओली, रमेश अधिकारी, जनक पाण्डे, डा. पर बहादुर पुन, दीर्घजङ तामङ्ग, सुशील पौडेल, प्रशन्न दाहाल, विश्व सुवेदी, अर्जुन गैरे, सुशिल अर्याल, रभी श्रेष्ठ, सरोज सुबेदी, दिपक ओझा, ॠषि सापकोटा, तारा गुरुङ, जय थापा, ससाङ्ख बस्याल, सन्जीव न्यौपाने र नमराज राना रहेका छन् ।

कार्यक्रमका सभापति केशब जोशिले अहिले सम्म प्रधानमन्त्री ओली यस्तो आटिलो विद्वान र प्रतिबद्द नेपाली अरु प्रधानमन्त्रिहरुमा नदेखेको र अहिले ओलिले चालेको कदम प्रतिगमन नभै प्रगतिउन्मुख भएको धारणा राखेका थिए ।

नव नियुक्त सचिव शिशिर नेपाल र एनएस डब्लु संयोजकमा कृष्ण सापकोटाले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका प्रवक्ता सन्तोष दाहाल केन्द्रीय सदस्य दिवाकर् काफ्ले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP