सोमबार , भाद्र १५, २०८३

काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणले गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भुकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म प¥याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुुभएको छ ।
उहाँले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा तत्काल गर्न पनि गृह प्रशासनलाई भन्नुभएको छ ।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेकोप्टर उद्धार गर्न निर्देशन दिनुभएको हो । गृहमन्त्री खाणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिनुुभएको छ ।
उहाँले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा तत्कालका लागि बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ ।
भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका छन् । भूकम्पमा परि मृत्यु भएकाहरुको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनामा गृहमन्त्री खाणले हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।भूकम्पमा परि घाइते भएकाहरूको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP