बिहिबार , बैसाख १८, २०८२

उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगनाथ खतिवडा किसानको खेतबारीमा धान झार्दै भोट मागि हिँडेका छन् । आसन्न मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारको क्रममा मतदाताको घर घरमा पुगेका नेकपा एकीकृत समाजवादीका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्ने गरेको भेटिन्छ ।

उम्मेदवारले किसानलाई काम सघाउँदै भोट माग्नु कुनै नौलो होइन, जनताकै छोरो भएकाले धान झार्न सघाउन भोट माग्दैछ । खतिवडाले कटारी नगरपालिका–१२ मा निर्वाचन प्रचारप्रसारको लागि किसानको खेतमा धान झार्न किसानलाई सघाएका थिए ।

आफू पनि किसानकै छोरो भएकाले किसानसँगै काम गर्न अल्छीपन नआउने उम्मेदवार खतिवडा बताउँछन् । उनले भने, ‘मैले जनता भेटेको बेला समयले दिएको मौकामा सहयोग गरेका हुँ । कटारी नगरपालिका–१२ मात्रमा होइन अन्य ठाउँमा पुग्दा काम सघाउने गरेको छु ।’

उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्र एक चरणको निर्वाचन प्रचार प्रसार सकेको बताउँदै उनले थप्दै भने, ‘प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा एक चरणको चुनाब प्रचारप्रसार सकिएको छ ।’ निर्वाचिनको मिति नजिएसँगै उदयपुरमा राजनीतिक दलले प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 52 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP