मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । रुपन्देही क्षेत्र नं १ मा वाम(लोकतान्त्रिक गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले जस्तो लोकतान्त्रिक पार्टीलाई केपी ओलीले राप्रपाकरण गरेको बताएका छन् । कमल थापालाई सुर्य चिन्हमा निर्वाचन लड्न दिएकोप्रति संकेत गर्दै नेता भुसालले एमाले राप्रपाकरण भएको टिप्पणी गरे ।

मंगलवार गठबन्धनले तिलोत्तमा नगरपालिका वडा नं ७ सेमरा बजारमा राखेको चुनावी कोणसभामा बोल्दै भुसालले एमालेको राप्रपाकरण र तानाशाहीकरणका कारण केपी ओलीमा पलाएको दम्भ र अंहकारले संविधान हान्न पुगेको र दुई(दुई पटक संसद विघटनको शृङ्खलाबाट देश गुज्रनुपरेको तर्क गरे । आउने पुस्तालाई ओलीले कसरी एउटा प्रभावशाली पार्टीलाई तहसनहस पारे र मुलुक नै तहसनहस हुने अवस्थामा पुग्यो भनेर कम्तीमा १० देखि १५ बर्षसम्म पढाउनु पर्नेछ। उनले भने, आजकल मलाई ओलीजीको बिरोध गर्यो भन्छन्, तर ब्यक्तिगत रुपमा मेरो कुनै दुश्मनी छैन ।

मैले कुनै कुरा मागेको पनि होइन तर ओलीजिले दक्षिण एसियाकै लोकतान्त्रिक पार्टी भनिएको एमालेमा बनमारा झार रोप्नुभयो, जसले पार्टी प्रणाली ध्वस्त गर्यो । भुसालले एउटा ठूलो र प्रभावकारी पार्टी बिग्रियो भने मुलुकले कस्तो दुख पाउदो रहेछ भनेर बच्चाबच्चीहरुलाई पढाउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै गठबन्धन तर्फबाट रुपन्देही क्षेत्र नं १(२) का प्रदेशसभा सदस्य उम्मेदवार अब्दुल रज्जाकले आफुहरु लोकतन्त्रको रक्षाका लागी प्रतिवद्ध रहेको बताए । रज्जाकले यस क्षेत्रको विकाससँगै संविधानको रक्षा गर्न आफुहरु पछि नपर्ने बताए । उनले जनताको कारणनै देशमा संघिय लोकतान्त्रि गणतन्त्र स्थापना भएकोले उपलब्धीको रक्षा जसले गर्छ उसैलाई मतदान गर्ने कुरामा जनता प्रतिबद्ध रहेको बिश्वास व्यक्त गरे ।

त्यसैगरी क्षेत्र नं १(१) का उम्मेदवार विश्वनाथ यादवले सुकुम्बासी समस्या समाधान र यस क्षेत्रको विकासका लागि आफुले काम गर्ने बताए । गठबन्धनले रुपन्देही क्षेत्र नं १ मा घरदैलो कार्यक्रम गरिरहेको छ । गत आइतवारदेखि शुरु भएको घरदैलो कार्यक्रम अन्तर्गत क्षेत्रका ३३ वडाहरु मध्य अहिले सम्म रोहिणी वडा नं १, २, ३, ४, ५, ६, ७, देवदह १०, तिलोत्तमा ७, ८, ९, १२ ओमसतिया ६ लगायत वडाहरुमा घरदैलो कार्यक्रम सकिएको छ भने अन्यमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP