मंगलबार , बैसाख २९, २०८३

भैरहवा।रुपन्देही क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाड्दै कांग्रेश प्रबेश गर्नेको लहर चलेको छ । राप्रपा सिद्धान्त र बैचारिक आधार भन्दा पनि सधै सीमित ब्यक्ति केन्द्रित हुँदै गएको भन्दै उक्त पार्टी छाड्नेको लर्को लागेको हो ।

एमाले र जसपाको समर्थनमा अहिले रुपन्देही ३ को प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । उनको साथ छाड्दै पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं गृमन्त्री बालकृष्ण खाँणलाई समर्थन गर्दै कांग्रेस प्रबेश गर्नेको लहर चलेको हो ।

पञ्च्यातदेखि गणतन्त्रसम्म एउटै ब्यक्तिले अवसर पाएको र स्वास्थ्यले समेत साथ नदिँदा पनि उम्मेदवार बन्ने हुुटहुुटी नहटेकोले राप्रपा छाड्ना बाध्य भएको उनीहरुले बताएका छन् । ‘स्थानीय तहको निर्वाचनको होस् कि प्रतिनिधिसभा उम्मेदवार, एउटा ब्यक्तिको बिकल्पमा अर्को देखिएन । अरुलाई अवसर नदिने परिपाटीले मुलुक बन्दैन’, प्रबेश गर्ने मध्येका एकले भने ।

निर्वाचन सुुरु भएसँगै राप्रपाका सिद्धार्थनगर अध्यक्ष ईन्जिनियर चन्द्रभक्त श्रेष्ठ कांग्रेस प्रबेश गरेका थिए । त्यसपछि सुुरु भएको राप्रपा छाड्नेको क्रम अहिलेसम्म पनि जारी छ । मगंलवार मात्रै राप्रपाका बुटवल १४ का वडाध्यक्ष रामदयाल चौधरी कांग्रेस प्रबेश गरेका छन् । त्यस्तै राप्रपा सिद्धार्थ नगरका पूर्व नगर सचिव तारानाथ पाण्डेय र वडा नं. ९ का उपसभापति रामबहादुर थापा पनि कांग्रेस प्रबेश गरेको नेपाली कांग्रेसका नेता ओमकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै स्थानीय तहमा सियारीमा राप्रपाका उम्मेदवार रहेका रंगनाथ गुुप्ता पनि कांग्रेस प्रबेश गरेका छन् । उनीहरुसहित अहिलेसम्म सातसय जना औपचारिक रुपमै राप्रपाबाट कांग्रेस प्रबेश गरेको कांग्रेस क्षेत्रीय सभापति शुसिल गुुरुङ्गले जानकारी दिए । ‘अनौपचारिक रुपमा पाँच दलीय गठबन्धन र हाम्रा उम्मेदवारलाई सहयोग गर्ने राप्रपाका स्थानीय नेता–कर्ता हजारौं छन्’, गुरुङले भने, ‘विस्तारै गठबन्धनमा खुल्ने क्रम चलिरहेको छ, नखुल्नेले भित्रीरुपमा सहयोग गरिराख्नुभएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP