सोमबार , भाद्र १५, २०८३

भैरहवा संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य आदित्यनारायण कसौधनले क्षेत्र नम्बर ३ र समग्र रुपन्देहीको विकासका लागि पाँच दलीय गठबन्धनका साझा उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणलाई जिताउनुपर्ने बताएका छन् । उनले रुपन्देहीको विकासमा खाँणले विगतदेखि नै महत्वपूर्ण योगदान दिएको जनाउँदै जिल्लामा महत्वपूर्ण योजना ल्याउन र त्यसलाई मूर्तरुप दिन पनि खाँणको जित अपरिहार्य रहेको जनाए ।

नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै कसौधनले आगामी दिनमा मुलुकको नेतृत्व समेत गर्न सक्ने क्षमता भएका खाँणलाई उम्मेदवार पाउनु यस क्षेत्रकै लागि गौरवको कुरा भएको बताए । ‘हाम्रा गठबन्धनका उम्मेदवार खाँणजीसँग अर्को गठबन्धनका उम्मेदवारसँग कुनै तुलना नै हुँदैन’, उनले भने, ‘खाँणजी विकासको रोल मोडल हो, अर्का उम्मेदवार काण्डैकाण्ड गरेका हुनुहुन्छ, तपाईं हामीले चिनेकै छौं ।’

उनले मन्त्री हुँदा क्षेत्रको विकास गर्न नसकेका नेताले अहिले जनतालाई भ्रममा पार्ने गरी यो काम पनि मैले गरेको, त्यो काम पनि मैले गरेको भन्दै प्रचार गरेर हिँडेको बताए । राप्रपा नेता दीप बोहराप्रति लक्षित गर्दै कसौधनले भने, ‘झुट्टा प्रचार गरेर जनतालाई भ्रममा पार्ने काम नगरियोस्, रुपन्देहीको विकास सम्भव छ त केबल बालकृष्ण खाँणबाट सम्भव छ, पाँच दलीय गठबन्धनबाट सम्भव छ ।’ उनले प्रदेशसभाका उम्मेदवार सन्तोषकुमार पाण्डेय र रामचन्द्र ढकाललाई पनि अत्यधिक मतले जिताउन आग्रह गरे ।

कसौधनले केपी ओलीले जननिर्वाचित थलो संसदलाई पटकपटक प्रहार गरेको, नेपाली नागरिकलाई अनागरिक बनाउन भूमिका खेलेको भन्दै त्यस्तालाई निर्वाचनमा दण्डित गर्नुपर्ने जनाए । पाँच दलीय गठबन्धन बनाउन एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका खेलेको जनाउँदै कसौधनले समानुपातिकमा कलम चिन्हमा अत्यधिक मतदान गर्न आग्र गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP