मंगलबार , बैसाख २९, २०८३

भैरहवा।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य, सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख एवं प्रदेशसभा सदस्यकी समानुपातिक उम्मेदवार उमा काफ्लेले रुपन्देहीमा अझै पनि पञ्चायतकालीन अवशेषहरु जुर्मुराउने कोशिष गरिरहेको जनाउँदै त्यस्ता अवशेषहरुलाई सधैंका लागि अन्त्य गर्नुपर्ने धारणा राखेकी छन् ।

नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै काफ्लेले मुलुकको परिवर्तन नस्वीकार्ने शक्तिहरुले आफूलाई गणतन्त्रवादी हुँ भन्नेसँग तालमेल गरेर व्यवस्थामाथि धावा बोल्ने प्रयास गरिरहेको आरोप लगाइन् । राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै काफ्लेले राजतन्त्र मुलुकमा पुनःस्थापित हुने सम्भावना नरहेको बताउँदै यस्ता झुट्टा नारा लिएर निर्वाचनमा नजान आग्रह गरिन् ।

‘यो व्यवस्था ल्याउन हामीले संघर्ष गरेका हौं, हामीले मुलुकमा गणतन्त्र ल्याउन आन्दोलन गर्दा पंचायतकालीन अवशेषहरुले हाम्रो आन्दोलन दवाउन उत्रिएका थिए’, उनले भनिन्, ‘फेरि त्यही व्यवस्था ल्याउँछौं भन्नेलाई मंसिर ४ गतेको निर्वाचन पछि कहिल्यै उम्मेदवार नहुने गरी पराजित गर्नुपर्छ ।’ काफ्लेले मुलुकको परिवर्तन, जनतालाई हकअधिकार प्रदान गर्न एकीकृत समाजवादी र यसका नेताहरुले महत्वपूर्ण योगदान दिएको बताउँदै समानुपातिकमा अत्यधिक मतदान गरेर विशाल कम्युनिष्ट पार्टी बनाउन आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP