सोमबार , भाद्र १५, २०८३

काठमाडौं । आज (मंगलबार) बेलुकी ५ः११ बजेबाट चन्द्रग्रहण शुरु हुने र ५ः२७ बजे क्षिण (हराउने) हुँदै जानेछ । यस्तै, चन्द्रग्रहणले ६ बजेर ३४ मिनेटमा मोक्ष दिने ज्योतिष सुरेन्द्र रिजालले जानकारी दिए ।

यस ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण पनि भनिन्छ । चन्द्रोदयसँगै शुरु हुने र करिब एक घण्टा २३ मिनेटसम्म लाग्ने यो ग्रहणलाई शुभ ग्रहणको रुपमा पनि लिन सकिन्छ । नेपालबाट एक घण्टा २३ मिनेट ग्रहण देखिने छ । कात्तिक महिनामा दुई वटा मंगलबारमा लागेको यो ग्रहणमा स्नान गर्दा राम्रो हुने ज्योतिष रिजालले बताए ।

सूर्यग्रहणको सुतक १२ घण्टा अगावै लाग्ने गर्दछ भने चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्छ । मंगलबार बिहान ८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी (अशक्त) बाहेकलाई भोजन निषेध गरिएको ज्योतिष रिजालले बताए ।

ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको ज्योतिष रिजालले बताए । चन्द्रग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको, तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उनले बताए ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा निकै फलदायी पनि हुने उनले बताए । चन्द्रग्रहण पूर्ण रुपमा लाग्न नपाउँदै सकिने भएकोले यसको असर पनि कम हुने देखिन्छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

ग्रस्तोदित खग्रास चन्द्रग्रहण तक्षशिला एकेडेमीमा देखाइने
कार्तिक शुक्ल पूर्णिमामा आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने भएको छ । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम’ मा उल्लेख छ ।

बेलुकी ५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिनेछ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP