मंगलबार , अषोज २७, २०८३

जतिबेला १४ ईन्चीकाे black & white टिभि पनि गाउँघरका एकाध धनमानीका घरमा हुन्थ्यो । त्यतिबेला देखि चलेको हिजोआजका कुरा हास्य टेलीसिरियलले सबैको मन जितेको थियोे । गाउँ भरिका मान्छेहरु जस्को घरमा टिभि थियो तेहि जम्मा हुन्थे। कोहि भित्रै गएर हेर्न पाउथे कोहि बाहिर बसेर हेर्थे भने कोहि झ्यालबाट हेरेर चित्त बुझाउथे तर न हेरि छोडदैनथे। भोलि पल्ट सथिभाइ संग भेट् हुदा गपशप पनि हिजोआज का कुराको नै हुन्थ्यो। सान्दर्भिक बिषयबस्तु लाई कथामा उतारेर जिवन्त अभिनय गर्ने सन्तोष पन्थ र रमा थपलिया को जोडी यसरी जमेको थियो कि सारा दर्शकको मन मुटुमा बस्न सफल भएका थिए । यही ब्रान्ड नाममाथि निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ अस्ट्रेलियाको डार्विनमा प्रदर्शन हुने भएको छ।

सिरियलकै मुख्य कलाकार द्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको यो फिल्मले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ ।

साकार पन्त निर्देशित फिल्ममा सन्तोष र रमासँगै, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह-निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् । जुन फिल्मको ए जदौ माया जदौ गीत पहिल्यै हिट भइसकेको छ भने तेहि फिल्म हिजोआजका कुरा अष्ट्रेलियाकाे Darwin city मा नोभेम्बर 25 मा लाग्दै छ । Pant Film Production र  Fusion Media Production ले  Casuarina Square को BCC hall मा साझ 7 बजे बाट सुरु हुने उक्त फिल्म हेर्न Darwin मा बसोबास गर्ने सबै नेपाली दाजुभाइहरुलाइ हार्दिक अनुरोध समेत गरेको छ।

अमेरिका , क्यानडा , लगायत विश्वका विभिन्न मुलुकमा प् भैरहेको यो फिल्म हेर्न न छुटाउनु हुन ईज्जत मिडिया, पुराखबर समेत हार्दिक अनुरोध गर्दछ। टिकट को अग्रिम बुकिङ्ग गर्न  Click For Ticket मा गएर बुक गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP