सोमबार , भाद्र १५, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कुल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको छ । उक्त समयमा नेपालले विभिन्न देशबाट २ अर्ब ६२ करोड ६६ लाख ३४ हजार रुपैयाँको आलु आयात गरेको छ ।

गएको तीन महिनामा नेपालमा ११ करोड ५४ लाख ९७ हजार रुपैयाँको गोलभेडा भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । यस्तै सोही समयमा नेपालले विभिन्न देशबाट १ अर्ब ७३ करोड ८२ लाख ५४ हजार रुपैयाँको प्याज आयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले २५ करोड ३३ लाख ३३ हजार रुपैयाँको लसुन, ४ करोड ३५ लाख ६७ हजार रुपैयाँको च्याउ, ६५ लाख २२ हजार रुपैयाँको फर्सी र ४२ लाख १५ हजार रुपैयाँको गाजर आयात गरेको छ । गत आर्थिक वर्ष २०७८-७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५ अर्ब ५६ करोड ४२ लाख ४९ हजार रुपैयाँको तरकारी आयात गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP