सोमबार , बैसाख २२, २०८२

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको गिरावट देखिएको छ ।

सोमबार परिसूचक ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ९४ विन्दुमा कायम भएको हो । आज रु दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८५ बराबरको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज व्यापार, जीवन बीमा, म्युचुअल फन्ड, लगानी र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४६ दशमलव एक अङ्कले बढेको छ भने व्यापार समूहको उपसूचक तीन दशमलव २५ अङ्कले बढेको छ ।

त्यस्तै, सबैभन्दा ठूलो अङ्कको गिरावट निर्जीवन बीमा समूहको उपसूचकमा देखिएको छ । निर्जीवन बीमाको उपसूचक ८१ दशमलव १५ अङ्कले घटेको छ । त्यसैगरी, उत्पादन समूहको ६६ दशमलव ९९, विकास बैंक समूहको ३९ दशमलव ५४ र लघुवित्त समूहको उपसूचक २१ दशमलज ५२ अङ्कले घटेको नेप्सेले जनाएको छ । बैंकिङ समूह तीन दशमलव ९९, होटल तथा पर्यटन समूह एक दशमलव ८३, जलविद्युत् समूह ६ दशमलव ०४, र वित्त समूह नौ दशमलव ७४ अङ्कले घटेको छ ।

आजको कारोबारमा धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको रु १५ करोड १६ लाख १३ हजार एक सय ६३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको दुई लाख ३५ हजार दुई सय ४३ कित्ता शेयर खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP