सोमबार , भाद्र १५, २०८३

रुपन्देही । कन्चन बाँध सिंचाई आयोजना रुपन्देही क्षेत्र नं. ५ का जनताका लागि कुनै समय सपना थियो । अहिले त्यो आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । क्षेत्र नं. ५ का कृषकहरुका लागि एकादेशको सपना जस्तै बनेको उक्त आयोजना सन्चालनमा आएको छ ।
स्थानीय कृषकहरुले आफूहरुको सपना प्रोजेक्ट रहेको कन्चन बाँध निर्माणको नेतृत्व गर्ने भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।

विगत तीन दशकदेखि रुपन्देही क्षेत्र नं. ५ को विकासको नेतृत्व गरिरहेका शाहले यस क्षेत्रमा धेरै विकासका काम गरिसक्नु भएको छ । त्यसमाथि हजारौं कृषकहरुको मुहार बदल्ने कन्चन सिंचाई आयोगजना निर्माणले यहाँका कृषक खुसीमात्र छैनन, त्यसको नेतृत्वकर्ता शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।

शाहकै अग्रसरता र नेतृत्वमा १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाको लागतमा आयोजनाको निर्माण सम्पन्न भएको हो ।
उक्त आयोजनाको तीन महिनाअघि शाहले नै उदघाटन गर्नुभएको थियो । अहिले आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य पूरा भएको छ ।

अहिले उक्त आयोजनाको पहिलो फेजको काम सम्पन्न भएको र बाकी काम सम्पन्न गर्नको लागि भरत शाहलाईनै यस पटक बिजयी बनाउनु पर्ने स्थानियहरुको भनाई रहेको छ ।

उक्त आयोजनाको दोस्रो फेजको काम सम्पन्न भए पश्चात गैडहवा, लुम्विनी र कन्चन र मायादेवी गाउँपालिकाका हजारौं कृषकको खेतमा सिंचाईको सुविधा उपलब्ध हुनेछ ।

शाहले आफ्नो क्षेत्रमा धेरै पुल र सडकहरु बनाएको स्मरण गर्दै तराईमा सिंचाईको अभावका कारण खेतहरु बाँझो भैरहेकोले आफूले धेरै मेहनत र प्रयास गरेर बजेट पार्न सफल भएको र आयोजना उदघाटनपछि सञ्चालन भएको सुन्दा खुसी लागेको बताउनु भयो ।
सिंचाईको अभावमा आकासको भरमा खेती गर्न बाध्य क्षेत्र नं. ५ का स्थानीय जनताका लागि कञ्चन बाँध बरदान सावित भएको छ । शाहले भन्नुभयो– विकासमा सधै अगाडी रहेको रुपन्देही ५ अव कृषिमा सिंचाईको सम्मृद्धिले झनै अब्बल बन्नेछ ।
स्थानीय जनताले कन्चन सिंचाई आयोजना संचालन गरेर हजारौ कृषकको सम्मृद्धिको ढोका खोल्न सहयोग पु¥याउने शाहलाई कुनैपनि हालतमा विजय बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन ।

सिंचाई विना अन्न उत्पादन हुन सक्दैन, त्यसैले अन्य भौतिक पूर्वाधार जस्तै सिंचाईपनि उत्तिकै महत्वपूर्ण छ । शाहले अरु विकासका काम त गर्नुभएको थियो, कृषकको दुःख र पीडालाई सम्झेर आयोजना निर्माणमा योगदान दिनुभएको छ । त्यसैले यो बर्ष उहाँलाई नै मतदान गरेर विजयी वनाउनु पर्ने यहाँका कृषकहरुले प्रतिवद्धता जनाएका छन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP