बुधबार , बैसाख १७, २०८२

बुटवल,रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेका छन् ।

घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगा बहादुर सारुले बताए । श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP