मंगलबार , बैसाख २९, २०८३

बुटवल। सबै नागरिकलाई निस्शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतासहित रुपन्देही २ मा सत्ता गठबन्धन दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमका बीच शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता र समावेशिता, भौतिक पूर्वधार, कृषि तथा वातावरण विकासका खाकासहित रुपन्देही २ (२) लाई लक्षीतगरी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

प्रतिबद्धतापत्रमा शिक्षातर्फ बीटीआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रुपान्तरण गर्ने, लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने उल्लेख छ । जनस्वास्थ्यतर्फ ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निस्शुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याडसहित आधुनिक मेडिकल कलेज बनाउने, तामनगरमा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ । युवा खेलकुदतर्फ युवाको क्षमता वृद्धि कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रवादी युवा जनशक्ति उत्पादन गर्ने, आधुनिक मापदण्ड अनुसार खेल पूर्वधार निर्माण गर्ने उल्लेख छ । लैंगिक समानता र समावेशीतर्फ जातीय लैंगिक र सामाजिक विभेद हटाई समतामुलक समाजको निर्माण गर्ने, लैंगिक हिंसा पीडितको लागि सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने, एक वडा एक जेष्ठ नागरिक केन्द्र निर्माण र गृहणी रोजगार कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

अपांगलाई दक्ष सीप विकास कार्यक्रम, विपन्नको लागि आवास र महिला उद्यमशीलता र रोजगार कार्यक्रम सञ्चालन गर्ने त्यसमा उल्लेख छ । भौतिक पूर्वधारतर्फ सुखी जीवनको लागि पूर्वधारमा लगानी कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता छ । सबै सडक हिलो–धुलोमुक्त र आधुनिक सडक विस्तार गर्ने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने र सुकुम्बासीलाई भूमि अधिकार दिइने बताइएको छ । कृषि तथा वातावरणमा रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यवसायिक कृषि क्षेत्रको रुपमा विकास गरी किसानलाई बाली कर्जा र बिमा प्रदान गर्ने भनिएको छ । रुपन्देहीको क्षेत्र नं. २मा गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको छ । प्रदेशसभामा १ तर्फ कांग्रेसका दीर्घबहादुर केसी र २ मा माओवादी केन्द्रका वामदेव क्षेत्री उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP