सोमबार , भाद्र १५, २०८३

बुटवल । लुम्बिनी प्रदेशमा सक्रिय राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्ने गराउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन आचार
संहिता नैतिक र कानुनी बन्दन भएकाले त्यसमा आमसंचारपनि संवेदनशील हुने उनीहरुले विश्वाश जनाए । संवाद समूह लुम्बिनीले बुटवलमा आयोजना गरेको आसन्न निर्वाचनमा जारी आचार संहिता पालनमा राजनीतिक दलहरुको प्रतिवद्धता विषयक कार्यक्रममा सहभागी नेताहरुले स्वतन्त्र र निश्पक्ष चुनाव र आचार संहिता पालनामा प्रतिवद्ध हुने बताए ।

दलका नेताहरुले दलले आचार संहिता मिचेकाबारेमा निर्वाचन आयोजक , प्रशाशन र संचारमाध्ययमले पनि निगरानी राख्न र गलतलाई कारबाही प्रक्रियामा लैजान सघाउन आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विष्णुप्रसाद पोखरेलले कांग्रेस सत्ताधारी पाटी भएपनि आचारसंहिता मिच्ने र जनतालाई अनावश्यक रुपमा प्रभावीत पार्ने काममा नलागेको बताए । ‘हामी र हाम्रा समर्थकहरुबाट कह कतै आचार संहिता विपरित काम भएको भए निश्पक्ष छानवीन होस्,’ उनले भने ।
एमाले नेता नन्दीकिशोर ढकालले निर्वाचनमा सबै दल र उमेदवारको यौटै हैसियत हुने भन्दै जनता प्रभावित पार्ने र आचार संहिता मिच्नेलाई कानुनी
कारबाहीमा लैजान आग्रह गरे ।

माओवादी केन्द्रका निर्दोष अलीले प्रशाशन , निर्वाचन आयोग र नागरिक समाज निश्पक्ष भएर अनुगमन गरे दलहरु सच्चिने बताए । नेकपा एकिकृत समाजवादीका सरीता श्रीसले आचार संहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न नागरिक समाज र संचारकर्मीलाई आग्रह गरिन् । जसपाका मनिकर कार्कीले आचार संहिता मिच्ने, निर्वाचन विथोलिने र समूदायमा भ्रम छर्ने काम आफ्नो पाटीबाट नहुने जनाए । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब टोप अस्लामीले आचार सहिता पालनामा सबै दलहरुले जस्तै एक्यवद्धता जनाए । राप्रपाका प्रदेश अध्यक्ष प्रदिप उदयले पनि निर्वाचन आयोगद्धारा जारी आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाए राष्ट्रिय जनमोर्चाका टान बहादुर केसीले साना दललाई ऐन ठुला दललाई चैन हुन नहुने बताए ।

निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका प्रतिनिधि टेकराज पन्थीले सब नीतिको मूल नीति राजनीति भएकाले दलहरुले आफू र आफ्ना समर्थकलाई आचार
संहिता पालनामा प्रतिवद्ध बनाउने हो भने समस्या नहुने बताए । कतै स्वतहस्फूर्त अनुगमन गरेर त कतै उजुरी परेका आधारमा आयोगले आचार संहिता
पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याएको उनले जनाए । बिक्रम खड्काको सहजिकरणमा सम्पन्न कार्यक्रममा आन्तरिक मामिला,कानून तथा
संचार मन्त्रालयका प्रतिनिधि माधव शर्मा,राष्ट्रिय मानव अधिकार आयोग बुटवलका अधिकृत दीपक ठाकुर,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर केसी,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,अधिवक्ता महेन्द्र प्रसाद पाण्डे,मानवअधिकारकर्मी रीमा बिसी
लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP