मंगलबार , असार २३, २०८३

फागुन १२, काठमाडौँ । १हप्ताको फरक राखेर १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी शुरू गरेको छ ।

बोर्डले २०७८ सालको जेठ तेस्रो हप्ता एसईई र अन्तिम हप्ता १२ कक्षाको अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षाका लागि आन्तरिक तयारी भइरहेको उल्लेख गर्दै चैतभित्र औपचारिक परीक्षाको कार्यतालिकाबारे औपचारिक रूपमा निर्णय गरिने जानकारी दिए ।

हाल दुवै तहको परीक्षाका लागि बोर्डले विभिन्न चरणको काम गरिरहेको छ । बोर्डको यो तयारी कार्यान्वयन हुन सके विद्यार्थीको शैक्षिक सत्रमा २/३ महिनाको हाराहारीमा मात्र क्षति हुनेछ । विगतका वर्षमा चैतमा एसईई र वैशाखमा १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरिएको थियो ।

एसईईका लागि देशभरका विद्यार्थीले रजिस्ट्रेसन फाराम भर्ने म्याद फागुन ६ गते सकिएको छ । हाल जिल्ला–जिल्लामा विद्यार्थीको अभिलेखीकरण गर्ने कार्य भइरहेको जानकारी बोर्डले दिएको छ । सबै विद्यार्थीको विवरण यकिन गर्न चैतसम्म लाग्ने आकलन गरिएको छ ।

त्यसपछि मात्र आगामी वर्ष एसईई दिने विद्यार्थीको संख्या यकिन हुनेछ । यस पटक कोरोना भाइरस संक्रमणका कारण विद्यार्थीको संख्या घट्नसक्ने प्रारम्भिक आकलन गरिए पनि त्यसको निधो हुन सकेको छैन ।

सरकारले एउटा विद्यालय छोडेर अर्को विद्यालय गएको विद्यार्थीलाई लक्षित गरी यस पटक १० कक्षामा समेत स्थानान्तरणको सुविधा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

हाल ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीको रजिस्ट्रेसन भर्ने काम भइरहेको छ । बोर्डले फागुनभित्र रजिस्ट्रेसन फाराम भर्ने समय विद्यार्थीलाई उपलब्ध गराएको छ । फारम भरेपछि सबै खालका तयारी पूरा गरी जेठमा १२ कक्षाको समेत परीक्षा लिन सकिने आकलन बोर्डका पदाधिकारीले गरेका छन् ।

११ कक्षाको अन्तिम परीक्षा भने सम्बद्ध विद्यालयले नै सञ्चालन गर्नेछ । गत वर्ष सरकारले ११ कक्षाको परीक्षा सञ्चालन, नतिजा प्रकाशनलगायतको अधिकार सम्बद्ध विद्यालयलाई नै दिने निर्णय गरेको थियो ।

सरकारले नयाँ कुनै नीतिगत निर्णय गरेबाहेक ११ कक्षाको परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने जानकारी बोर्डका उपाध्यक्ष पौडेलले दिए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP