मंगलबार , अषोज २७, २०८३

मुम्बई । बलिउड अभिनेता शाहरुख खान फिल्म ‘पठान ’मार्फत चार वर्षपछि ‘कमव्याक’ गर्दैछन् । हालै उनले ५७ औं जन्मदिन पनि मनाए । उनले अहिले ट्वीटरमा फ्यानमाँझ ‘आस्कएसआरके’ सेसन शुरु गरेका छन् । जहाँ उनले फ्यानसँग फिल्मी करियरदेखि निजी जीवनका कुरा समेत गर्दछन् ।

हालै उनले फ्यानसँग लक डाउनको अनुभवदेखि लिएर फिल्मको पर्दामा कमव्याक गर्न लागेको विषयमा खुलेर कुराकानी गरे । उनलाई एक फ्यानले महामारीपछि के कुरामा परिवर्तन आयो भनी सोधेका थिए । ‘मलाई लाग्छ कि मेरो हरेक कुरा छिटो गर्ने बानीमा सुधार आएको छ । म पहिला हरेक फिल्ममा अभिनय गर्न सहमत हुन्थें । तर, अहिले कुनै पनि फिल्ममा हस्ताक्षर गर्नुअघि निकै विचार गरेर निष्कर्षमा पुग्छु,’ उनले भनेका छन् ।

उनलाई अर्का फ्यानले फिल्ममा कमव्याक गर्न लाग्दाको अनुभव बारे सोधेका छन् । जवाफमा शाहरुखले ‘यो अनुभव घर फर्किए जस्तै रहेको’ बताए । शाहरुख सन् २०१८ मा फिल्म ‘जिरो’ मा देखिएका थिए । यो फिल्म फ्लप भएको थियो । यसबाहेक उनी ‘बम्हास्त्र’, ‘लाल सिंह चड्ढा’ र ‘रकेट्री’मा केमियो भूमिकामा देखिएका थिए । उनको प्रतिक्षित फिल्ममा ‘पठान’ बाहेक ‘जवान’ र ‘डंकी’ पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP