मंगलबार , बैसाख २९, २०८३

बागलुङ । विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फैसला भएर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएर फरार रहेका प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो ।

बागलुङ जिल्लाको साविक बोवाङ गाविस–९ का ५५ वर्षीय पिमबहादुर विक र बानपा–१३ का ५२ वर्षीय विष्णु गिरीलाई निजहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

विकलाई सर्वोच्च अदालत काठमाडौंले २०६८ साल वैशाख २१ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको थियो । २०६६ मंसिर ३० गते साविक बोबाङ–९ का मन प्रसाद विकलाई कुटपिट गरी चोटपिरको कारण पौष ३ गते उपचारका क्रममा ढोरपाटनतर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएपछि कुटपिटमा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले बोवाङ ९ का लाल बहादुर विक, घम बहादुर विक र पिम बहादुर विकलाई जन्म कैदको सजाय सुनाएको थियो ।

उनीहरूलाई पुनरावेदन अदालत बागलुङ र सर्वोच्च अदालत काठमाडौंले २०६८ वैशाख १४ गते जिल्लाको फैसलालाई नै निरन्तरता दिँदै विकलाई १२ वर्ष ६ महिना कैद तोकेको थियो। विक सोकी समयदेखि नै फरार रहेको भन्दै प्रहरीको फरार सूचीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP