सोमबार , बैसाख २२, २०८२

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार डा. शशाङ्क कोइरालाले आगामी मंसिर ४ गतेको निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।

नवलपुरको रजहरमा आज वाम लोकतान्त्रिक गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै नेता कोइरालाले आगामी मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुले जित्ने र त्यसपछि ५ वर्ष गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

कार्यक्रममा कोइरालाले संविधानमाथि भइरहेको निरन्तर प्रहार रोक्नका लागि बनेको गठबन्धनले अबको पाँच वर्षसम्म निरन्तरता पाउने बताउँदै मंसिर ४ गतेपछि बन्ने गठबन्धनको सरकारले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरे ।

नवलपुर क्षेत्र नं १ बाट चौथोपटक निर्वाचनमा होम्मिएका कोइरालाले अबको नवलपुरमा महत्वपूर्ण योजनाहरु सञ्चालन हुने तथा जिल्लालाई प्रदेशकै आर्थिक केन्द्रका रुपमा विकास गरिने समेत बताए । कार्यक्रममा गैँडाकोटदेखि त्रिवेणी जोड्ने नारायणी करिडोर, त्रिवेणी भन्सारको स्तरोन्नति, त्रिवेणी कोरोला सडक आयोजना, ट्रमा सेन्टर, बिपी अन्तर्राष्ट्रिय खेलग्राम, नमूना सदरमुकाम कृषिमा आधुनिकीकरण जस्ता महत्वपूर्ण योजनाहरु अबको पाँच वर्षभित्र सम्पन्न गरेर जिल्लालाई समृद्ध जिल्लाका रुपमा विकास गरिने कोइरालाले बताए ।

कोइरालाले स्थिरताका लागि बहुमत आवश्यक भएको र अबको निर्वाचनबाट बहुमत आउने दाबी गर्दै स्थिर सरकार बनेपछि विकासको लहर आउने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP