सोमबार , भाद्र १५, २०८३

दाङ । दाङमा गत असोज ३० गते हत्या गरेर गाडिएको अवस्थामा फेला परेको भनिएका रोशनी महतरा र शरद आचार्यको घटनामा नयाँ तथ्य बाहिरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका– १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भएको छ । घटनामा संलग्न दमारगाउँका चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरूले करेन्टबाट उनीहरूको मृत्यु भएपछि बोरामा हालेर शव पुरेको स्वीकारी सकेका छन् ।

पक्राउ परेको चार जनाले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिकैको कुखुरा फारमबाट बिजुली बत्तीको तार तानेर करेन्टको धराप बिछ्याएका थिए । रोशनी र शरद प्रेममा थिए । उनीहरू एकअर्कालाई भेट्न असोज २७ गते राति करिब सवा १० बजेतिर घरबाट निस्किएकामा धरापमा परेर एकैसाथ मृत्यु भएको जनाइएको छ । नयाँ तथ्य खुलेसँगै यसअघि हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका टिपर चालक सुवास थिङ र सल्यानका सुशील थापा निर्दोष सावित भएका छन् ।

उक्त घटना छिपाउन उनीहरूले ढुंगाले टाउको लगायत शरीरका विभिन्न भागमा हानी शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीको भनाइ छ । शव व्यवस्थापनका लागि बोकेर लगेका बोराहरू उतै जलाइएको उनीहरूले प्रहरीलाई बताएका छन् । घटनाबारे प्रहरीले सकभर आजै र नभए भोलिसम्म पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP