मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय शैली परिवर्तन गर्नु पर्ने बताएका छन् । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उनले संविधान संशोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताए ।

कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताए । यस्तै, बहिष्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उनले बताए ।

उनले आन्दोलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेको र अब आर्थिक विकास र सम्मृद्धिको आन्दोलनमा जानु पर्ने उनले बताए । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताए । देशको बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP