मंगलबार , बैसाख २९, २०८३

भैरहवा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ४ दिन नेपाल–भारत सीमाना बन्द गरिने भएको छ । शनिबार रुपन्देहीको छपीयामा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्लाधिकारी) सहित सुरक्षा प्रमुखहरु सहभागी थिए ।
आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सिमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको जिल्ल प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा सीमा क्षेत्रमा हुने हातहतियार तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका बारेमा जनचेतनामूलक कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, नक्कली नोट नियन्त्रणलगायत साझा सवालमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP