मंगलबार , बैसाख २९, २०८३

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताउनु भएको छ । शनिबार भैरहवामा रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले माओवादीले निर्वाचन परिचालनका लागि आयोजना गरेको बृहत् कार्यकता भेलामा सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने बताउनु भयो ।

लामो संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्वयस्थालाई थप मजबुत बनाउदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जीत अत्यावश्यक रहेको उहाँको भनाइ थियो । एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत गराउनुभयो ।

गणतान्त्रिक व्यवस्था बचाइ नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको विजयी आवश्यक रहेको उहाँको भनाइ थियोे । निर्वाचनपछि बन्ने सरकारको मुख्य ध्यान मुलुको विकास र रोजगारीमा हुने पनि गृहमन्त्री खाणले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP