शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । सर्वोच्चको फैसला पछि नेकपामा अब सरकार गठनको लागि नयाँ समिकरणको प्रयास सुरु भइसकेको छ । आन्दोलनरत नेकपाका प्रचण्ड माधव समुहले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन माग गरेका छन् । अहिले सम्म कुनै पक्षमा नखुलेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पनि ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् ।

ओलीलाई राजिनामा गराएर अब नयाँ सरकार गठनको तयारीमा प्रचण्ड नेपाल समुह लागेका छन् । उनीहरुले त्यसका लागि प्रतिपक्ष दल नेपाली कांग्रेसको साथ खोजेका छन् । नेकपाको कुनै पनि समुहले एक्लै सरकार बनाउन नसक्ने भएकाले कांग्रेस र जसपाको साथ आवश्यक छ । अब यि दुई पार्टीलाई आफ्नो पक्षमा पार्ने प्रयास सुरु भएको हो ।

ओलीसंग राजिनामा माग गरेका प्रचण्ड र माधवकुमार नेपाल समुहले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । चितवनमा रहेका प्रचण्डले टेलिफोनमा देउवासंग कुरा गरेर तत्काल भेटघाट गर्ने समय तय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वा ध्य पार्ने या महाभियोग सम्म लगाउने तयारी भइसकेको छ । तर प्रचण्डले राष्ट्रपतिलाई हटाउने बारे आफुहरुले नसोचेको प्रतिकृया सार्वजनिक रुपमा दिइसकेका छन् । उनले अब नेकपावाट नभई वाहिरवाट प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् ।

तर अन्य पार्टीसंग प्याकेजमा सहमति गर्दा राष्ट्रपति पनि बाँड्नुपर्ने अवस्था आएमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने विकल्पवारे पनि छलफल हुनथालेको बताइएको छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपति नेकपाले राख्ने पनि हुनसक्ने बताइएको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डा देखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी बढिसकेको निकट स्रोतले जनाएको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । यस अघि नै ओलीले देउवासंग भेटघाट र छलफल गरिसकेका छन् । देउवाले सार्वजनिक रुपमा ओलीको कदम असंवैधानिक समेत भनेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP