आइतबार , बैसाख ७, २०८२

काठमाडौं । सर्वोच्चको फैसला पछि नेकपामा अब सरकार गठनको लागि नयाँ समिकरणको प्रयास सुरु भइसकेको छ । आन्दोलनरत नेकपाका प्रचण्ड माधव समुहले प्रधानमन्त्री ओलीलाई तत्काल राजिनामा दिन माग गरेका छन् । अहिले सम्म कुनै पक्षमा नखुलेका नेकपा उपाध्यक्ष वामदेव गौतमले पनि ओलीलाई राजिनामा दिन सुझाव दिएका छन् ।

ओलीलाई राजिनामा गराएर अब नयाँ सरकार गठनको तयारीमा प्रचण्ड नेपाल समुह लागेका छन् । उनीहरुले त्यसका लागि प्रतिपक्ष दल नेपाली कांग्रेसको साथ खोजेका छन् । नेकपाको कुनै पनि समुहले एक्लै सरकार बनाउन नसक्ने भएकाले कांग्रेस र जसपाको साथ आवश्यक छ । अब यि दुई पार्टीलाई आफ्नो पक्षमा पार्ने प्रयास सुरु भएको हो ।

ओलीसंग राजिनामा माग गरेका प्रचण्ड र माधवकुमार नेपाल समुहले नेपाली काँग्रेस, जनता समाजवादी पार्टिलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । चितवनमा रहेका प्रचण्डले टेलिफोनमा देउवासंग कुरा गरेर तत्काल भेटघाट गर्ने समय तय गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वा ध्य पार्ने या महाभियोग सम्म लगाउने तयारी भइसकेको छ । तर प्रचण्डले राष्ट्रपतिलाई हटाउने बारे आफुहरुले नसोचेको प्रतिकृया सार्वजनिक रुपमा दिइसकेका छन् । उनले अब नेकपावाट नभई वाहिरवाट प्रधानमन्त्री बनाउनुपर्ने बताउँदै आएका छन् ।

तर अन्य पार्टीसंग प्याकेजमा सहमति गर्दा राष्ट्रपति पनि बाँड्नुपर्ने अवस्था आएमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने विकल्पवारे पनि छलफल हुनथालेको बताइएको छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपति नेकपाले राख्ने पनि हुनसक्ने बताइएको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डा देखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी बढिसकेको निकट स्रोतले जनाएको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । यस अघि नै ओलीले देउवासंग भेटघाट र छलफल गरिसकेका छन् । देउवाले सार्वजनिक रुपमा ओलीको कदम असंवैधानिक समेत भनेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP