मंगलबार , बैसाख २९, २०८३

काठमाडौ । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुका आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले प्राप्त प्रमाणको आधारमा लामिछाने निर्दोष नदेखिएको आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘यसरी हेर्दा प्रमाण ऐन, २०३१ को दफा १० अनुसार पीडित र मौकामा कागज गर्ने मानिसहरुले व्यक्त गरेको कुरा प्रमाणमा ग्राह्य हुने अवस्था रहेको र ऐ. ऐनको दफा १८ (ख) अनुसार थुनछेक प्रयोजनका लागि अधिकार प्राप्त अधिकारीले गराएको मौकाका कागज प्रमाणहरु प्रमाणमा ग्रहण गर्न सकिने कानुनी व्यवस्था रहेको देखिन्छ । उक्त कानुनी व्यवस्थालाई मध्यनजर गरी हेर्दा उल्लेखित तत्काल प्राप्त प्रमाणहरुको आधारमा यी प्रतिवादी निर्दोष रहेछन् भनी मान्न मिलेन ।’

फुटेज, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, र प्रतिवादीको बयान व्यहोराबीच आपसमा तादात्मयता रहँका तथ्य देखिन आएको आदेशमा उल्लेख छ ।

‘होस्टलमा बस्ने पीडितले आफ्नो बारेमा होस्टललाई कुनै जानकारी नदिई वाहिर गएको अवस्था देखिन्छ । त्यसतर्फ प्रतिवादीले सोको कुनै जानकारी गराएको अवस्था छैन । प्रतिवादीले भोलिपल्ट अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेल्न जाँदै गर्दाको आफ्नो गहन जिम्मेवारीलाई नहेरी, विचार नगरी, आफ्नो पब्लिक स्ट्याटसलाई पनि ख्याल गर्नुपर्नेमा सो नगरी आफ्नो दिनचर्या एवं क्रियाकलाप पब्लिक अडिट हुन्छ भन्नेतर्फ समेत सचेत रहेको अवस्था देखिएन’, आदेशमा भनिएको छ ।

किशोरी बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै उनलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ । मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दर्ता गराएसँगै मंगलबार सन्दीपको बयान लिइएको थियो ।

बुधबारबाट भएको थुनछेक बहस पछि अदालतले शुक्रबार यस्तो आदेश दिएको हो । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरिएको थियो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेको छ ।

लामिछानेले भने इन्कारी बयान दिएका छन् । उनीमाथि नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित पक्षले गत भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP