मंगलबार , बैसाख २९, २०८३

बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पूर्वाधार निर्माण छिट्टै सुरु हुने बताएका छन् ।

तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वधार निर्माणको काम सुरु हुने बताए ।

पुर्वधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का बासीहरुको मुहार बदल्ने बताए । मेडिकल कलेज निर्माणसंगै सडक, पुर्वधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उनको भनाइ छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।

पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको थियो । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । त्यही प्रतिवेदनलाई कार्यान्वयन गराउन पौडेलले लविङ गरेका थिए ।

त्यसपछि तिलोत्ततमा मेडिकल कलेज स्थापना कार्य सुरु भएको थियो । अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउंदै नेता पौडेलले मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए । तिलोत्तमा नगरपालिकाका वडानम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय विगाह जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजना अनुसार १ हजार बेडको अस्पताल बन्नेछ ।
सुरुमा ३ सय बेडको हुने र क्रमश १ हजार बेडको अस्पताल बन्नेछ । बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा कार्यालयको उद्घाटन गरेका थिए ।

रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीसहित घरदैलो अभियानमा पुगेका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पूर्वाधार निर्माण गर्न आग्रह गरेका थिए ।

सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानकारी आफूलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै उनले डुवानको समस्या समधान छिटो हुने बताउँदै सडक निर्माणको कार्य टेण्डर प्रक्रिया भइसकेको र अब निर्माण छिट्टै हुने बताए ।

सोही घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीले शान्ति र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दिनको उज्यालो जतिकै छर्लङ रहेको बताए ।
केन्द्रमा र प्रदेशमा एमालेको सरकार निर्माण गरी जनता र राष्ट्रको पक्षमा सकारात्मक कार्य एमालेले गर्ने बताए । साथै उनले तिलोत्तमालाई पर्यटकीय हवको रुपमा विकास गर्ने एमालेको योजना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP