मंगलबार , बैसाख २९, २०८३

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एमाले, राप्रपा र जसपाबीचको तीन दलीय गठबन्धन पश्चगामी भएको आरोप लगाउँदै यो गठबन्धनले देश चलाउन नसक्ने दावी गरेका छन् । एक आपसमा बिचार र सिद्धान्त समेत नमिल्ने र जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको बिपक्षमा उभिएका शक्तिहरुबीचको गठबन्धनले मुलुकलाई पश्चगमनतर्फ लैजाने उनले बताए ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका खाँणले बिहीबार भैरहवामा आयोजित तरुण प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालको राष्ट्रियताको संरक्षण गर्दै मुलुुकलाई अग्रगमनको दिशामा अगाडि बढाउन पाँच दलीय गठबन्धन बनेको बताए । ‘तीन दलीय गठबनधन प्रतिगमनको पक्षमा छ । प्रतिक्रिया गर्न सक्छ । तर यसले देश चलाउन सक्दैन,’ उनले भने । पञ्च्यातबिरुद्ध २०४६ सालमा र २०६२–०६३ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा पनि कांग्रेस र बाम मोर्चा मिल्दा सफल भएको उल्लेख गर्दै उनले त्यतिबेला नागरिक माथि दमन गर्नेहरुलाई जनताले राम्रोसँग चिनिसकेको बताए ।

लोकतान्त्रिक गणतन्त्रबाट नै जनता मालिक बनेको उल्लेख गर्दै उनले गणतन्त्रको माध्यमबाट नेपाली नागरिकको अवस्था बदल्न र रोजगारी सिर्जना गरि नेपाली जनतालाई खुशीयालीमा बदल्न पनि पाँच दलीय गठबन्धन आवश्यक रहेको जिकिर गरे । ब्यबस्था बचाएर नागरिकको अवस्था बदल्न तथा पाँच बर्ष भित्र आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न पाँच दलीय गठबन्धनले मात्र सक्ने उनले बताए । उनले युवाहरु माथि मुलुकले ठुलो भरोसा राखेको बताउँदै युवाहरु उर्जाशील भएर उत्पादनमा जोडिनुु पर्नेमा जोड दिए । उनले अग्रगमन र रुपान्तरणको पक्षमा काम गर्न तरुण युवाहरुलाई आग्रह गरे ।

सोही कार्यक्रममा बोल्दै पाँच दलीय गठबन्धनका तर्फबाट प्रदेश सभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयले युवाहरुमा देखिएको उत्साहले पाँच दलीय गठबन्धनको जित सुनिश्चित जस्तै भएको दावी गरे । उनले देशमै रोजगारीका अवसर सिर्जना गरेर युवाहरुलाई आत्मनिर्भर बनाउने स्पष्ट योजना र कार्यान्वय गर्न सक्ने क्षमता आफूहरुसँग मात्र भएको जिकिर गरे । उनले गृहमन्त्री खाँण विगतमा तरुणदलको अध्यक्ष भए पछि धेरै युवाहरुमा आसाको किरण पलाएको बताउँदै अहिले पनि मन्त्री खाँणले युवाहरुको विश्वासमा कमी आउन नदिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP