बुधबार , असार ४, २०८२

धनगढी । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।

बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पत्राचार गरेको थियो ।

तर हालसम्म पनि कसैले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना नहटाएपछि बुधबार डोजर प्रयोग गरी आफैँ सरचना हटाउन सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए । ‘पहिलो चरणमा सरकारी कार्यालयका भवनमा डोजर लगाएका छौं,’ मेयर हमालले भने, ‘त्यसपछि नीजि भवनमा पनि डोजर प्रयोग गरिने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP