शनिबार , भाद्र १३, २०८३

कानो, नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्ने करिब ४० जना बालबालिकालाई एक आपराधिक समूहले अपहरण गरी लगेको छ । उक्त समूहले अपहरणमा परेका बालबालिकालाई छुटाउन फिरौती मागेको प्रहरी र एक स्थानीय अधिकारीले बुधबार बताएका छन् ।

कात्सिना राज्यको फास्करी जिल्लाको मैरुवा गाउँबाहिर आइतबार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले खेतमा पसेर बाली काटिरहेका ३९ जना बालबालिकालाई नियन्त्रणमा लिएको प्रहरी र अधिकारीले बताएका छन् । कात्सिना उत्तरपश्चिम र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये एक हो जुन स्थानीय रूपमा आपराधिक गिरोह (डाँकु) हरूद्वारा आतङ्कित छन् । त्यहाँ डाँकाहरूले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूको हत्या र अपहरण गर्छन् साथै लुटपाट र घरहरू जलाउँछन् ।

जाम्फारा, कात्सिना, काडुना र नाइजर राज्यको विशाल रुगु जङ्गलमा लुकेर बसेका गिरोहलाई फिरौती रकम बुझाएपछि बन्धक बनाएर छाडिन्छ । कात्सिना प्रहरीप्रवक्ता गाम्बो इसाहले भने, ‘डाँकुहरूले मैरुवाको एक खेतमा आक्रमण गरी खेतमा काम गर्ने कम उमेरका मजदुरहरूलाई लगेका छन् ।’

‘बन्धक बनाइएकाहरूलाई उद्धार गर्न र अपराधीहरूलाई पक्रन हाम्रा कर्मचारीहरू मिसनका साथ त्यस क्षेत्रमा परिचालित भएका छन्’, इसाहले भने । फस्कारीका एक स्थानीय सरकारी अधिकारीका अनुसार सयौं मजदुरले काम गरिरहेकाले डाँकुहरू मोटरसाइकलमा चढेर खेतमा पसेका थिए ।

‘धेरै छिटो दौडन सक्ने वयस्क कामदारहरू भाग्न सफल भए तर डाकुहरूलाई उछिन्न नसक्ने ३९ जना बालबालिकाहरू उनीहरूको कब्जामा परे’, ती अधिकारीले भने । अधिकारीका अनुसार बन्धक बनाइएकामध्ये ३३ जना केटा र केट हरु मैरुवा गाउँका थिए भने अन्य छ जना नजिकैको अर्को गाउँका थिए ।

उनले लुटेराहरूले बन्धक बनाइएकामध्ये एक जनाको टेलिफोन प्रयोग गरेर फिरौती मागेका थिए । अधिकारीका अनुसार फार्म म्यानेजरले यसअघि डाकुहरूसँग सम्झौता गरेका थिए, जसले बाली काट्न दिनका लागि सुरक्षा रकम मागेका थिए र उनीहरूलाई पैसा पनि तिरिएको थियो ।

राष्ट्रपति मुहम्मदु बुहारीलाई दोस्रो चार वर्षे कार्यकालपछि अर्को वर्ष पदबाट हट्नुअघि सुरक्षा चुनौतीको सामना गर्न दबाब दिइएको छ । अफ्रिकाको सबैभन्दा बढी जनंख्या भएको देश नाइजेरिया उत्तरपश्चिमी र मध्य क्षेत्रमा डाकु गिरोह, उत्तरपूर्वमा जिहादी हिंसा र दक्षिणपूर्वमा पृथकतावादी आन्दोलनसँग जुधिरहेको छ । सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP