बुधबार , बैसाख १७, २०८२

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज (बिहीबार विहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको छ । ‘काठमाडौं उपत्यकामा आज दिउँसो वर्षाको सम्भावना छ । छिटपुटदेखि न्यून वर्षा आज दिउँसोको समयमा काठमाडौं उपत्यकामा हुने सम्भावना रहेको छ’, मौसमविद् श्रेष्ठले भने ।

उनका अनुसार काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर अधिकतम २४ डिग्री सेल्यिससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP