मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज (बिहीबार विहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको मौसमविदले जनाएका छन् । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौं उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको छ । ‘काठमाडौं उपत्यकामा आज दिउँसो वर्षाको सम्भावना छ । छिटपुटदेखि न्यून वर्षा आज दिउँसोको समयमा काठमाडौं उपत्यकामा हुने सम्भावना रहेको छ’, मौसमविद् श्रेष्ठले भने ।

उनका अनुसार काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर अधिकतम २४ डिग्री सेल्यिससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP