आइतबार , जेठ २६, २०८२

काठमाडौँ।आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ६४ रन बनाए भने केएल राहुलले ५० रन जोडे । खेलमा बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको बंगलादेशको इनिङ वर्षाका कारण प्रभावित भएको थियो । सातौँ ओभरमा बंगलादेश कुनै विकेट नगुमाई ६६ रन बनाएर खेलिरहेका बेला वर्षा बाधक बन्न पुगेको थियो । वर्षाले केही समय खेल प्रभावित बनाएपछि डकवर्थ लेविस मेथडअनुसार बंगलादेशलाई १६ ओभरमा १५१ रनको लक्ष्य दिइएको थियो ।

तर बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर केबल १४५ रनमात्र बनाउन सक्यो । बंगलादेशका लिटन दासले सर्वाधिक ६० रन बनाए भने नुरुल हसनले २५ रन जोडे । भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP