मंगलबार , बैसाख २९, २०८३

देवदह । सत्तारूढ पाँच दलिय गठबन्धनले रुपन्देही क्षेत्र नं। १ का ३३ वटै वडामा संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चारदिन अघि कात्तिक १२ गते रोहिणी गाउँपालिका वडा नं। १ दुगौलीबाट सुरू भएको कार्यालय उद्घाटन कार्यक्रम बुधबार देवदह वडा नं। ३ को सुर्यपुरामा कार्यालय उद्घाटनसंगै सकिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै पाँच दलिय गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले संविधानको रक्षा र यस क्षेत्रको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण गरेपछि ५ दलिय गठबन्धन बनेको उल्लेख गर्दै भुसालले परिवर्तनलाई संस्थागत गर्न र देशलाई आर्थिक विकासको दिशामा अगाडि बढाउन संविधानको रक्षा अनिवार्य सर्त रहेको धारणा व्यक्त गरे ।

देवदहलाई युनेस्कोमा दर्ता गर्नकालागि पहल गर्ने र बुद्ध मावलीको रूपमा त्यसको संभावना पनि रहेको उल्लेख गर्दै उनले रूपन्देही(१ को विकासका लागि स्रोत र साधनको कमि हुन नदिईने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि रुपन्देही क्षेत्र नम्बर १९२० का प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले मतदातालाई कुनै पनि प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । मासु र रक्सीसङ्ग भोट साट्ने उम्मेदवारले देश विकास भन्दा पनि विनासको बाटोमा लैजाने भन्दै त्यस्ता उम्मेदवार सङ्ग सजक रहन अनुरोध गरे ।

आन्दोलन, त्याग र बलिदानबाट बनाइएको संविधान विपरीत कार्य गर्नेले जनताको काम गर्न नसक्ने बताउदै उनले जनताको हरेक सुखदुःख र विकास निर्माणमा नेपाली काङ्ग्रेस सदैब जनताको साथमा रहेको बताए। अहिलेको निर्वाचन विकासवादी र गफ मात्र गर्नेको बिचमा भएको तर्क गर्दै उनले जनताको मर्म बुझ्ने र जनताको साथमा रहने नेतालाई चुन्ने कि चुनावको बेलामा भोट माग्न आउने र अरु बेला सम्पर्कबिहिन हुने नेतालाई चुन्ने भनेर विचार मतदाताले विचार गर्नुपर्ने बताए ।

सोही क्रममा रुपन्देही क्षेत्र नं १९१० प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले भुमिहिनको समस्या समाधान र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने बताए। गठबन्धनको एकतामा इमानदारिता रहेको बताउँदै उनले गठबन्धनका उम्मेदवारहरुलाइ जनताले निर्धक्क साथ बिस्वास गर्न र मतदान गर्न जनतालाइ आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP