मंगलबार , बैसाख २९, २०८३

रुपन्देही । त्रिभुज चिन्ह लिएर रुपन्देही(१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने प्रयास असफल भएपछि आफुले एमाले छोडेको बताएका छन् । मंगलबार देवदहमा गठबन्धनको वडा कार्यालय उद्घाटन गर्दै भुसालले ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नु सरह भएको टिप्पणी गरे ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलिय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ । ूएमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्य बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो।ू उनले भने, ूओलीजीले झापा क्षेत्र नं। ५ जित्नैपर्ने भएको हुनाले उहाँले राप्रपासंग गठबन्धन गर्नुभएको हो ।ू

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही(१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गरे । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलिय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरि बाम लोकतान्त्रिक गठबन्धनको तर्फ बाट क्षेत्र नम्बर १ ९१० मा उम्मेदवारी दिएका काँग्रेस नेता विश्वनाथ यादवले आफुले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउंदै आफ्नो मुख्य प्राथमकिता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए।

सोहि कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ ९२० का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए। संबिधान र लोकतन्त्र रक्षाका लागि बाम लोकतान्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाई थियो।

बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ ओटै वार्डमा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत आज देवदह,रोहिणी र तिलोत्तमा गरि ७ वटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ।

रुपन्देही क्षेत्र नं। १ मा झण्डै ४ दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधि सभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारू गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनला छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP