शुक्रबार , भाद्र १२, २०८३

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् ।

संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए ।

‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो,’ न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भने ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले नेकपा फुटाएको बताउँदै गौतमले पार्टी एकताको सुरुवात ओलीलेसमेत गर्नुपर्ने बताए । ओली र प्रचण्डले पहल नगरे आफूहरुले एकताका लागि दबाव दिने गौतमले बताए ।

‘एउटा हुँदाखाँदाको पार्टीलाई फुटाएर उहाँहरु हिँड्नु भएको छ । हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ,’ गौतमले भनेका छन्, ‘एकताको पक्षमा रहेका साथिहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाव सिर्जना गर्छौं ।’

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । त्यसलगत्तै नेकपा दुई खेमामा विभाजित भएको छ । एउटा खेमाको नेतृत्व केपी शर्मा ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् । उपाध्यक्ष वामदेव गौतम भने दुवैतिर नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् ।

संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले अब ओलीले पार्टीमा आत्मालोचना गर्दै तुरुन्तै राजीनामा गर्नुपर्ने गौतमले बताए ।

‘प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्यो,’ गौतमले भने, ‘मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।’

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP