मंगलबार , बैसाख २९, २०८३

नयाँदिल्ली । भारतीय राज्य गुजरातको मोरबीस्थित मच्छु नदीमा आइतबार भएको पुल दुर्घटनामा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । अझै केही मानिसहरू नदीमा हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूको भनाइ छ ।

आइतबार राति भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चा समेत रहेका छन् । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुर्निर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मत सम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो । यसैबीच, उक्त घटनासँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको गुजरात प्रहरी स्रोतले जनाएको छ । गुजरात पुल दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध प्रहरीले उजुरी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP