बुधबार , जेठ २९, २०८२

ललितपुर ।ललितपुरको सुनाकोठीमा डेरा बस्दै आएका एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । ललितपुर महानगरपालिका– २७ सुनाकोठीमा डेरामा बस्दै आएका अन्दाजी ३५-४० वर्षीय रामचन्द्र राईको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीका अनुसार रामचन्द्रको हत्या आरोपमा घटना लगत्तै सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा राजेन्द्रलाई प्रहरीले सुनाकोठीबाटै पक्राउ गरेको थियो ।

उनीहरु दुबै जना चिनजानका भएको एसपी शाहीले जानकारी दिएका छन् । उनका अनुसार दुबै जनाले मादक पदर्थ सेवन गरेपछि विवाद र झगडा सुरु भएको थियो । सोही क्रममा राजेन्द्रले धारिलो हतियार प्रयोग गरि रामचन्द्रको हत्या गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । हत्या आरोपी राजेन्द्रलाई महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु