सोमबार , भाद्र १५, २०८३

ललितपुर ।ललितपुरको सुनाकोठीमा डेरा बस्दै आएका एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । ललितपुर महानगरपालिका– २७ सुनाकोठीमा डेरामा बस्दै आएका अन्दाजी ३५-४० वर्षीय रामचन्द्र राईको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीका अनुसार रामचन्द्रको हत्या आरोपमा घटना लगत्तै सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा राजेन्द्रलाई प्रहरीले सुनाकोठीबाटै पक्राउ गरेको थियो ।

उनीहरु दुबै जना चिनजानका भएको एसपी शाहीले जानकारी दिएका छन् । उनका अनुसार दुबै जनाले मादक पदर्थ सेवन गरेपछि विवाद र झगडा सुरु भएको थियो । सोही क्रममा राजेन्द्रले धारिलो हतियार प्रयोग गरि रामचन्द्रको हत्या गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । हत्या आरोपी राजेन्द्रलाई महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP