सोमबार , भाद्र १५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् । मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।

प्रारम्भिक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोको छ । तोसिमाले पाटन अस्पतालमा लाभको पदबाट राजीनामा दिएको र मेडिकल काउन्सिलको पद लाभको नभएको जानकारी गराउँदा पनि उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय शंकास्पद रहेको बताउँदै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP