सोमबार , भाद्र १५, २०८३

काठमाडौं । साताको दोश्रो तथा कारोबारको पहिलो दिन सोमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्य घटेको छ । साथै १० कम्पनी स्थिर रहे ।

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । डेभल्पमेन्ट बैंक बाहेक सबै कम्पनीहरूमा उकालो लागेको छ । जीवन बिमा २५.४१, होटल तथा पर्यटन ४२.४८, निर्जीवन बिमा २३.५५, बैकिङ २०.०९, फाइनान्समा १२.६४, हाईड्रो पावरमा १.९७, ट्रेडिङ २०.१, माईक्रो फाइनान्समा १४.०८ र म्युचुअल फण्डमा ०.१, अन्य २०.७५ ले वृद्धि भएको छ ।

त्यसै गरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८.५० र नेपाल एस.वि.आई बैंकको २२.०० ले बढेको छ । एन.आई.सि.एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढिको कारोबार भएको छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP