सोमबार , भाद्र १५, २०८३

जनकपुरधाम । मधेश प्रदेश सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन् ।

केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । साथै मधेश प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए ।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् । उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनि कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP