मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनक निर्वाचित भएका छन् । पूर्व मन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित भएका हुन् । सुनकले राजा चार्ल्सलाई बकिङहम दरवारमा भेटेसँगै नयाँ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्सले आमन्त्रण गरेका थिए । नयाँ प्रधानमन्त्रीका रूपमा सुनकले डाउनिङ स्ट्रीटको १० नम्बर बाहिर पहिलो मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताए ।

सुनकले भने, ’अविश्वसनीय उपलब्धीहरू’ को लागि बोरिस जोनसनप्रति सधैं कृतज्ञ छुँ । जोनसनको न्यानोपन र उदारताको कदर गर्नेछु ।’ बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि प्रतिस्पर्धामा रहेका सुनकलाई नेतृत्वमा आउने अवसर जुटेको हो ।

ट्रसले राजनीतिक कारण देखाउँदै पदबाट राजीनामा दिएकी थिइन् । बेलायतको इतिहासमा कम समय प्रधानमन्त्री हुनेमा लिज ट्रस पर्छिन् । सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बनेका थिए । कोरोना कालमा सुनकले अर्थतन्त्रलाई सुधार गर्न योगदान पुर्‍याएको भन्दै उनको भूमिकाको प्रशंसा गर्ने गरिन्छ । उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP