मंगलबार , बैसाख २९, २०८३

बुटवल। नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ । साधरणसभाको अवसरमा आईतबार बुटवल उपमहानगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५बाट यानेन्द्र जिसि, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका छन ।

जिसि दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक हुन । आचार्य नेपाल प्रेस र दैनिक पत्रमा आबद्ध छन भने भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश संयोजक हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा नगद ५० हजार राशी सहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् ।

यस्तै सिद्धार्थ नगरपालिकाकासँगको सहकार्यमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार २०७६ बाट नरेश केसी, २०७७ बाट प्रकाश न्यौपाने र २०७८ बाट प्रतिक पौडेल पुरस्कृत भएका छन । यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमदले प्रदान गरेका हुन ।

यसैगरि बुटवल पब्लिक स्कूलद्धारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट २०७५ बाट कपिल ज्ञवाली, २०७६ बाट पुजा पन्थी, २०७७ बाट चन्द्रकान्त खनाल पुरस्कृत भएका छन । यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र पुरस्कारका संस्थापक बुटवल पब्लिक स्कूलका संस्थापक हेमलाल शर्मा भुसालले प्रदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP