मंगलबार , बैसाख २९, २०८३

भैरहवा ।नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (ख) प्रदेश सभाका उम्मेदवार रामचन्द्र ढकालले रुपन्देहीबाट प्रदेशको राजधानी दाङ सार्नेलाई यो पटक मत नदिन मतदातालाई आग्रह गरेका छन् ।

गठबन्धनद्वारा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कांग्रेसले लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा तोकेको अवस्थामा प्रदेश सभाबाट राजधानी दाङ सार्न आफ्ना प्रतिस्पर्धीले भूमिका खेलेको भन्दै त्यस्ता उम्मेदवारलाई सवक सिकाउन भए पनि यो पटक मत दिन नहुुने उनले बताए ।

‘उहाँ (एमाले उम्मेदवार तुल्सीप्रसाद चौधरी)ले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न प्रदेश सभामा हस्ताक्षर गर्दा हामी रुपन्देहीमा राजधानी हुनुपर्छ भनेर आन्दोल गरिरहेका थियौं,’ कांग्रेस नेता ढकालले भने, ‘रुपन्देहीको बिकासका लागि को प्रतिबद्ध छ भन्ने कुरा मतदाताले बुुझ्ने बेला यही हो ।’

उनले संविधानको रक्षा गर्न कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको र अब देसको बिकास पनि गठबन्धनबाट सम्भव भएको जनाए । आफू बिजयी भए मतदाताको सिर निहुुरिने गरी कुनै पनि काम नगर्ने र जनचाहाना अनुसार आफ्नो क्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता उनको छ ।

ढकालले प्रदेशमा संविधानले ब्यबस्था गरे अनुसार काम गर्ने र संशोधन गर्नुुपर्ने विषयहरु संशोधन गर्दै जाने बताए । गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा उम्मेदवारमा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् भने प्रदेशसभा (क)मा गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोकुमार पाण्डेय उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP