मंगलबार , बैसाख २९, २०८३

भेनेजुएला । आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र स्थिर रोजगारीमा पहुँच गर्न चुनौतीहरू सामना गर्छन्, संयुक्त राष्ट्रले जनाएको छ ।

अन्य संकटबीच यी आप्रवासीहरूलाई बिर्सिने खतरा रहेको सहायता एजेन्सीहरूले चेतावनी दिएका छन् अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिब्यान्डले बीबीसीलाई भने, ‘यो एउटा ठूलो लामो संकट हो जसले ल्याटिन अमेरिकाकोे क्षेत्रलाई कम्पन गरिरहेको छ भन्ने कुरामा कुनै शंका छैन ।’

भेनेजुएला छोडेका ८० प्रतिशतभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा बसोबास गरिरहेका छन्, जुन देशह प्रायः आफ्नै नागरिकहरूलाई स्वास्थ्य र शिक्षा प्रदान गर्न संघर्ष गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकमा भेनेजुएलाको जनसंख्या सन् २०१५ मा ३०.०८ मिलियनबाट घटेर अहिले आधारित अनुमानित २८.२५ मिलियनमा पुगेको छ । कोलम्बियाका अधिकारीहरूले दिएको तथ्यांकअनुसार हरेक दिन ३,००० भन्दा बढी आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन् । तीमध्ये अधिकांश भेनेजुएली छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP