शनिबार , जेठ २५, २०८२

भेनेजुएला । आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, आवास र स्थिर रोजगारीमा पहुँच गर्न चुनौतीहरू सामना गर्छन्, संयुक्त राष्ट्रले जनाएको छ ।

अन्य संकटबीच यी आप्रवासीहरूलाई बिर्सिने खतरा रहेको सहायता एजेन्सीहरूले चेतावनी दिएका छन् अन्तर्राष्ट्रिय उद्धार समितिका अध्यक्ष डेभिड मिलिब्यान्डले बीबीसीलाई भने, ‘यो एउटा ठूलो लामो संकट हो जसले ल्याटिन अमेरिकाकोे क्षेत्रलाई कम्पन गरिरहेको छ भन्ने कुरामा कुनै शंका छैन ।’

भेनेजुएला छोडेका ८० प्रतिशतभन्दा बढी ल्याटिन अमेरिका र क्यारिबियनमा बसोबास गरिरहेका छन्, जुन देशह प्रायः आफ्नै नागरिकहरूलाई स्वास्थ्य र शिक्षा प्रदान गर्न संघर्ष गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकमा भेनेजुएलाको जनसंख्या सन् २०१५ मा ३०.०८ मिलियनबाट घटेर अहिले आधारित अनुमानित २८.२५ मिलियनमा पुगेको छ । कोलम्बियाका अधिकारीहरूले दिएको तथ्यांकअनुसार हरेक दिन ३,००० भन्दा बढी आप्रवासीहरू त्यहाँ पुग्ने गरेका छन् । तीमध्ये अधिकांश भेनेजुएली छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP