शनिबार , भाद्र १३, २०८३

काठमाडौं । रूसले युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी ‘नयाँ ठूलो स्ट्राइक’ सुरु गरेको छ । शनिबार राति भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले मिसाइल आक्रमण गरेको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार ऊर्जा क्षेत्रलाई दक्षित गरेर रूसले युक्रेनको ठूलो स्ट्राइक गरेको हो । रूसले युक्रेनको पश्चिम, मध्य, दक्षिण र पूर्व क्षेत्रमा रहेका ऊर्जा ग्रिडहरूमा मिसाइल आक्रमण गरेको थियो । जेलेन्स्कीले अधिकांश रूसी मिसाइल र ड्रोनहरू खसालिएको र त्यस्ता आक्रमणले युक्रेनी सैन्य प्रगतिलाई रोक्न नसक्ने पनि बताए । तर, आफूहरूसँग शतप्रतिशत आक्रमण रोक्न सक्ने क्षमता नरहेको पनि उनले स्वीकारे ।

रूसी आक्रमणका कारण करिब १५ लाख घरपरिवार बिजुलीविहीन बनेका किभले जनाएको छ । ‘हामीसँग रूसी क्षेप्यास्त्रको १०० प्रतिशत प्रतिरोध गर्ने र ड्रोन आक्रमण गर्ने प्राविधिक क्षमता छैन । हामी बिस्तारै यसमा आउनेछौं’, राष्ट्रपति जेलेन्स्कीले भिडियो सन्देशमा भनेका छन्, ‘हाम्रा साझेदारहरूको सहयोगमा हामी सक्नेछौँ, म यसमा विश्वस्त छु ।’

गत हप्ता सोमबारदेखि भएको हवाई हमलामा युक्रेनको झण्डै एकतिहाइ विद्युत् केन्द्र र अन्य ऊर्जा उत्पादन गर्ने केन्द्रहरू ध्वस्त भएका बीबीसीले लेखेको छ । पछिल्लो हमला लक्षित क्षेत्रहरूमा राजधानी किभको दक्षिण–पूर्व, चर्कासी क्षेत्र र थप पश्चिममा खमेलनित्स्की सहर समावेश छ ।

दक्षिणमा ओडेसादेखि उत्तर–पश्चिममा रिभ्ने र लुत्स्कसम्म हवाई आक्रमण र विद्युत अवरोधहरू पनि रिपोर्ट गरिएको समाचारमा जनाइएको छ । राष्ट्रपति जेलेन्स्कीले शनिबार ३६ वटा रकेट प्रहार भएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP