सोमबार , अषोज २६, २०८३

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघका पूर्व अध्यक्ष श्रेष्ठले संघको श्रीबृद्धिमा पु¥याएको योगदानको उच्च मुल्यांकलन सहित ६८ औं स्थापना दिवसमा सम्मान गरिएको हो । २०१० साल फागुन १० गते स्थापना गरिएको बुटवल उद्योग बाणिज्य संघको सोमबार भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवी कदर पत्र प्रदान गरिएको हो ।

उहाँलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साधारण सदस्यबाट उद्योग बाणिज्य संघमा प्रवेश गर्नुभएका श्रेष्ठ कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव हुँदै २०४८ देखि ०५३ सम्म दुई कार्यकाल अध्यक्ष भएर संघको नेतृत्व सम्हाल्नु भएको थियो ।
त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक बिकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारित गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो । उहाँलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला आढाएर उक्त पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । पत्रकार ज्ञवाली बुटवलको बुद्ध टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

त्यस्तैगरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई सम्मान गरेको छ । यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यबसायीलाई समेत सम्मान गरेको छ । संघले उद्योग तर्फ बुटवल उपमहानगरपालिका ५ ट्राफिकचोकको ब्लाक फरेष्ट, बाणिज्य तर्फ बुटवल ११ कालिकानगरको जयकृष्ण ट्रेडिङ्, बुटवल ५ अमरपथको एच आई ट्रेनिङ् सेन्टर, सेवातर्फ बुटवल ९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्री कल्चर र महिलातर्फ बुटवल ९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरिएको हो ।
आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने पत्रकार छनौटको लागि पूर्व अध्यक्ष अर्जुनमान सैंजु र उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसै अवसरमा संघका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । संघको स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्कबेन्च प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP