मंगलबार , बैसाख २९, २०८३

भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले नेपालका सबै हवाई तथा स्थल नाकाहरु सुुव्यवस्थित गर्न सरकार लागिपरेको बताएका छन् । सुुरक्षा, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिबिधि चलायमान गराउन पनि नाका ब्यबस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेकोे उनले जनाए ।

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं पाँच दलीय गठबनधनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई बोल्दै हवाई तथा स्थल नाका ब्यवस्थित नहुँदा मुलुकको आन्तरिक सुरक्षा र मित्र राष्ट्र छिमेकी मुलुुकहरुबिरुद्ध नेपाली भूमिलाई प्रयोग गरेर हुन सक्ने गतिबिधि रोक्न पनि नाका ब्यबस्थित गर्नुु पर्ने जरुरी रहेको औल्याए ।

उनले नेपालको भूमि प्रयोग गरी दुुई छिमेकी मुलुकबिरुद्ध हुनसक्ने गतिबिधि हुन नदिन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यसतर्फ अझ चनाखो र गंभीर ढंगले सरकार अगाडि बढ्ने विश्वास दिलाए । ‘मुलुुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुुकबिरुद्ध नेपालको भूमि प्रयोग गरेर कुनै प्रकारको गतिबिधि रोक्न पनि नाकाहरु सुुब्यवस्थित गर्नुु पर्ने छ । यसतर्फ सरकार लागिरहेको छ’, उनले भने, ‘निर्वाचन लगत्तै सबै सिमा नाका ब्यबस्थित गर्ने काम सुुरु हुन्छ ।’

स्थल नाका सुुब्यबस्थित गर्ने कामको सुुरुवात निर्वाचन पछि सरकारले रुपन्देहीको बेलहिया नाकाबाट गर्ने समेत उनले प्रतिबद्धता जनाए । उनले नाका सुुब्यबस्थित गराउन निमार्ण गर्नुु पर्ने संरचना र अन्य कामका लागि बजेटमा सरकारले कन्जुस्याइँ नगर्ने समेत प्रष्ट पारे । त्यस्तै उनले बेलहियामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कुटनीतिक र राजनीतिक रुपममा पहल गरिरहेको जानकारी दिँदै छिट्टै काम अगाडि बढ्नेमा सरकार विश्वस्त रहेको बताए ।

‘नेपाल सरकार र भारत सरकारको संयुक्त प्रयासमा आईसीपी निमार्ण हुने हो’, गृहमन्त्री खाँणले भने,, ‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाई भएको हो । जग्गा अधिग्रहण गरी निमार्ण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसंग कुटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढाएको छ ।’

अधुुरो रहेको बेलहिया–बुुटवल ब्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको सडक निमार्ण तीनचार महिना भित्रै सम्पन्न हुुने पनि उनले बताए । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत आपूर्ति र संचालन कार्यबिधिमा उद्योगी ब्यसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उनले बताए । क्षेत्र नम्बर ३ (क)का गठबन्धनका उम्मेदवार तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले रुपन्देही र सिंगो मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि गठबन्धनले जित्नु जरुरी रहेको बताए । उनले गृहमन्त्री खाँण गठबन्धनका मात्रै उम्मेदवार नभएर क्षेत्रबासीका साझा उम्मेदवार भएकाले एकढिक्का भएर मतदान गर्न आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP