शुक्रबार , भाद्र १२, २०८३

बुटवल। बुटवल उद्योग वाणीज्य संघको अध्यक्षको लागि उम्मेदवार दिएका उज्वल कसजुलाई १० जना पुर्व अध्यक्षले समर्थन जनाएका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै उज्वल कसजुलाई अध्यक्ष गराउनको लागि सबिया जना एकमत भएको जनाएका छन् ।

उज्वल कसजुलाई समर्थन गर्नेमा बर्तमान अध्यक्ष खिम बहादुर हमाल , महेशमान शिंह , सुरेन्द्र श्रेष्ठ , नवराज श्रेष्ठ , महेशराज भण्डारी , हिरा प्रसाद श्रेष्ठ , जीवन प्रसाद ओझा , अर्जुनमान सैंजु , कुश प्रसाद मल्लि र निर्मल प्रसाद लाकौल लगायतको रहेको छ ।

पत्रकार सम्मेलनमा कसजुले कोभिडमैत्री अर्थतन्त्रलाई जोड दिने, मोतिपुर औद्योगिक करिडोर प्रर्वद्धनको लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै सचिवालय व्यवस्थापन गरि प्रविधिमैत्री गराउने, भन्सार प्रणालिलाई व्यवसायिकमैत्री बनाउने, बजार क्षेत्रमा पार्कङ व्यवस्थापनको लागि ए ए मोडलको विस्तार गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।

कसजुले आफू २१ वर्षदेखी संघमा आबद्ध भएको ३ कार्यकाल कार्यसमिति सदस्य, एक एक कार्यकाल कोषाध्यक्ष, बाणिज्य उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष रहेको भन्दै अब संघको नेतृत्व गरेर केही गर्न चाहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP