आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोग र राससको संयुक्त आयोजनामा आज यहाँ भएको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाता शिक्षालाई घरदैलोसम्म पु¥याउन वडास्तरमा मासिका नियुक्त गरेको जानकारी दिए।

‘यसको उद्देश्य भनेको खसेको मत सबै सदर हुनुपर्छ भन्ने मान्यता हो’, उनले भने । आयुक्त डा तुलाधरले सबैभन्दा चुनौतीको विषय आचारसंहिताको पालना भएको उल्लेख गर्दै निर्वाचनमा मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निषेध गरिएको बताए । बाँकेका प्रमुख निर्वाचन अधिकृत धनसिंह महराले आचारसंहिता उल्लङ्घन भएमा त्यसलाई खबरदारी गर्ने दायित्व मिडियाको भएको उल्लेख गर्दै निर्वाचन आयोग यसपटक कडा ढङ्गले प्रस्तुत भएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले मतदातालाई प्रभावित गर्ने काम नहोस् भन्दै निर्वाचन आचारसंहिता पालनाको विषय साझा विषय भएको बताए । कार्यक्रमको सहजीकरण गर्दै निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले ‘सोसल मिडिया’मा आचारसंहिता उल्लङ्घनमा कसरी खर्च भएको भन्ने विषयको रेकर्ड राख्ने संयन्त्र निर्माण गरिएको जानकारी दिँदै निर्वाचनसँग सम्बन्धित आयोगले गरेका विभिन्न प्रगतिबारे जानकारी दिए ।

राससका नायब महाप्रबन्धक राजु शाक्यले जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर रिपोर्टिङ गर्न पत्रकारलाई आग्रह गर्दै निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे सहजीरकण गरेका थिए । आयोगका रामप्रसाद भुसाल, श्रवणकुमार लुइँटेल लगायतले संवैधानिक उत्तरदायित्व पूरा गर्न आयोग लागिरहेको बताए। सो अभिमुखीकरणमा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५० भन्दाबढी पत्रकार र सञ्चारकर्मीको सहभागिता थियो ।

नमूना मतदान

यही मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेपालगञ्जमा मतदाता शिक्षाका रुपमा नमूना मतदान गरिएको छ । मतदानमा प्रयोग हुने सामग्री, कसरी मतदान गर्ने, मत पेटिकाको शिल कसरी गर्ने, मतदानका लागि लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिक अशक्तलाई समय दिनेलगायत विषयमा नमूना मतदानमा प्रस्तुति देखाइएको थियो । निर्वाचन आयोगका उपसचिव कमल ज्ञवालीले नमूना मतदानमा हुने त्रुटि र उपकरणको प्रयोगबारेसमेत जानकारी दिनुभएको थियो । यसलाई जिल्लाभर लागू गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP