मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले घोषणा गरेकी छन् । प्रधानमन्त्री चयन भएको डेढ महिनामै उनले राजीनामा दिएकी हुन् ।

उनको नम्बर १० डाउनिङ स्ट्रिटको कार्यालय र निवासको ढोका बाहिर बोल्दै ट्रसले कन्जरभेटिभ नेताका लागि चुनाव लड्दा आफ्नो पार्टीको विश्वास गुमाएर आफूले गरेका वाचाहरू पूरा गर्न नसकेको स्वीकार गरिन् । आर्थिक तथा अन्तर्राष्ट्रियस्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उनले भनिन्, ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’

उनले राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराएकी बताइन् । उनले भनेकी छन्, ‘आज बिहान मैले समितिका अध्यक्ष सर ग्राहम ब्रैडीलाई भेटें । हामी सहमत भएका छौं कि त्यहाँ अर्को हप्ताभित्र नेतृत्वको चुनाव सम्पन्न हुनेछ । यसले हामी हाम्रो वित्तीय योजनाहरू प्रदान गर्ने बाटोमा रहिरहने कुरा सुनिश्चित गर्नेछ । हाम्रो देशको आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षा कायम राखौं ।’ उत्तराधिकारी चयन नभएसम्म म प्रधानमन्त्रीको रूपमा रहनेछु । धन्यवाद ।’

बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री ट्रसलाई प्रतिस्थापन गर्न अर्को हप्ताभित्र नेतृत्वको निर्वाचन सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP