आइतबार , भाद्र १४, २०८३

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । मष्टा गाउँपालिका–१ मा यात्रुवाहक जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

मृत्तकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन् ।

‘दुर्घटनामा परेको जीप टुक्रा–टुक्रा भएको छ, अहिले घाइतेलाई उद्दार गरेर अस्पताल लैजादैछौँ,’ बझाङका डीएसपी जागेश्वर भण्डारीले भने । मष्टा गाउँपालिकाका सूचना अधिकारी पृथुराज जोशीका अनुसार दुर्घटनामा परेकामध्ये आठ जनाको घनास्थलमै ज्यान गएको हो ।

‘अहिले पनि उद्धार जारी छ । ६ जनालाई जिल्ला अस्पताल लगिएको छ’, उनले भने, ’मानवीय क्षतिको संख्या अझै बढ्ने सक्ने अवस्था छ ।’ सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जीप सडकबाट झण्डै दुई सय मिटर तल खोल्सामा झरेर दुर्घटना भएको हो । सडकबाट खसेको जीप भीरमा अड्किएको छ । जीपमा कति जना सवार थिए भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP